विश्वकप क्रिकेट : आइतबार भारत र अष्ट्रेलियाबीच उपाधि भिडन्त



काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको फाइनल खेलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । 

खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार हुनेछ । भारतले सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।


जारी विश्वकपमा भारतले अपराजित रहँदै लिगका सबै खेल जितेको छ ।

विश्वकपमा अस्ट्रेलिया सर्वाधिक सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि जितेको छ । भारतले २ पटक मात्रै विश्वकपको उपाधि उचालेको छ ।

अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको छ भने भारतले सन् १९८३ र २०११ मा उपाधि प्राप्त गरेको थियो ।