विप्लव नेतृत्वको नेकपाले भूकम्प पीडितलाई एक लाख नगद र २५ क्वीन्टल चामल दिने



काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्वारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्वीन्टल चामल र १ लाख रुपैयाँ रकम सहयोग गर्ने भएको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।