विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठक बस्दै



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद’को बैठक बस्दैछ । बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको शक्रिशाली भुकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुनेछ ।

बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी हुने छन् ।


शुक्रबार राति जाजरकोटकाे बारेकाेट नगरपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टरकाे भुकम्प गएकाे थियाे । उक्त भुकम्पमा परि हालसम्म १५७ जनाले ज्यान गुमाइसकेका छन् भने २ सय बढि घाइते भएका छन् ।