लक्ष्मीपूजाका दिन उपत्यकामा फूलको व्यापार बढ्यो



काठमाडौँ । तिहार अन्तर्गत लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकामा आइतबार फूलको व्यापार बढेको छ । घर, पसल तथा भवन सजाउनका लागि बजारमा फूल किन्ने र बिक्री गर्नेहरुको चहलपहल देखिएको छ ।

लक्ष्मीलाई पूज्नका साथै घरका झ्याल, ढोकाका साथै भाइटीका लगाउन पनि सयपत्री फूल र मखमली फूलको विशेष प्रयोग हुने भएकाले आइतबार राजधानीका मुख्य मुख्य चोक तथा बजार क्षेत्रमा फूल बेच्नेहरुको भीड नै लागेको छ ।


तिहारको बजारमा गाईंको गोबरदेखि फलफूल मिठाई तथा भाइ मसलासम्मको किनबेच बढेको छ ।