रूपन्देहीमा बस दुर्घटना : २० जना घाइते, दुईको अवस्था गम्भीर



बुटवल । रूपन्देहीको देवदहमा बस दुर्घटना भएको छ । काठमाडौँबाट दाङ जाँदै गरेको बा प्र ०३–००१ नम्बरको यात्रुबाहक बस गएराति देवदह नगरपालिका– ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । 

घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 


प्रहरीकाअनुसार उक्त बसमा ३८ जना यात्रु सवार रहेका थिए । बस सडकबाट करिब ५ मिटर तल पल्टिएको थियो । बस चालक प्यूठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।