काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार बिहान शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
उक्त भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन प्रधामनमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको समसामयिक विषयहरूमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।