राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै 



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्। राष्ट्रपति पौडेल  बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको स्रोतले जनाएको छ ।    

उनी युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित जान लागेका हुन्।  विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।


जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो ।