काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंको बल्खुमा जारी राखेको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पुगेका छन् ।
राप्रपाभित्र प्रसाईंको प्रदर्शन र एजेन्डालाई हेर्ने दृष्टिकोणमा मतभेद भएपनि शाही प्रदर्शनमा मिसिन बल्खु पुगेका हुन् । राप्रपाले प्रसाईंको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागिताबारे आधिकारिक निर्णय गरेको छैन ।
प्रसाईंका समूह निषेधित क्षेत्रतिर अघि बढ्ने प्रयास गरेका छन् । सरकारले प्रसाईंको समूहलाई प्रदर्शन लागि बल्खुमा स्थान तोकेको थियो ।
प्रर्दशनकारीहरू बल्खुमा जम्मा भएपछि निषेधित क्षेत्र माइतीघर तर्फ आउने प्रयास गरेका हुन् । बल्खुबाट माइतीघरतिर आउन खोजिरहेका छन् । जबर्जस्ती निषेधित क्षेत्रतिर प्रदर्शनकारी आउन खोज्दा झडप हुने अवस्था बढेको हो ।
यस अघि बल्खु क्षेत्रमा दुई पक्षका प्रदर्शनकारीहरू बिच ढुंगामुढा भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।
दुर्गा प्रसाईँ र नेकपा एमाले भातृसंगठन युवा सङ्घका कार्यकर्ताबिच ढुङ्गा हानाहान भएको थियो। आज मध्यान्हमा बल्खु पुगेका युवा सङ्घ कार्यकर्ता र प्रसाईँ पक्षबिच ढुङ्गा हानाहान भएको थियो ।