यस्तो देखियो राष्ट्रपतिदेखि कलाकारसम्मको भाइटीका (तस्वीरहरु)



काठमाडौं । तिहारको मुख्य दिन आज शुभ साइतको भाइटीका लगाइएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका हुन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपतिदेखि नेता, कलाकार तथा सर्वसाधारणले आज सुभ साइतमा आफ्ना दाजुभाइ तथा दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् ।


राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरु शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका ग्रहण गरे । त्यसैगरि नेसपाका अध्यक्ष बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाए । आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका ग्रहण गरेका छन् ।