काठमाडौं । प्रहरीले मुगुको छाँयानाथ रारा नगरपालिकामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छाँयानाथकै गोरखबहादुर शाही हुन् । उनी मृतकका आफन्त रहेको बताइएको छ ।
कात्तिक १० गते छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहराको हत्या भएको थियो । घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टिमलाई मुगु पठाइएको छ ।
प्रहरीले घटनामा अर्का एकजनाको पनि संलग्नता भएको आशंका गरेको छ । प्रहरीले घटनाबारे शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।