महिला क्रिकेट : आज जापानसँग खेल्दै नेपाल



काठमाडौं । चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत नेपालले आज जापानसँग खेल्दैछ। तान्जिनिया र हङकङसँग पराजित नेपाल सान्त्वना जितको खोजीमा हुनेछ। जापानसमेत लगातार दुई खेलमा पराजित भएकाले जितको खोजीमा छ। नेपाल र जापानको खेल शनिबार बिहान ७ : १५ बजे हङकङमा सुरु हुँदैछ।

पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको हो। लगातार दुई खेलमा पराजित भएको नेपालको फाइनल खेल्ने सम्भावना टरिसकेको छ।


चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन्। नेपाल र जापान सान्तवना जितको खोजीमा हुँदा लगातार दुई खेलमा जित निकालेका हङकङ र तान्जिनिया फाइनल पुगिसकेका छन्।

एक खेल अगावै फाइनल पुगेका तान्जिनिया र हङकङ बीचको खेलसमेत आजै हुँदैछ । यो खेल बिहान पौने १२ बजे सुरु हुनेछ ।