काठमाडौं । आज मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानका लागि मन्त्रीपरिषदको बैठक बोलाएका हुन् ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी धनजनको क्षति भए पछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रीपरिषदको बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे बस्ने बताइएको छ ।
आज बस्ने बैठकले भुकम्पपिडितको उद्धार र राहतबारे निर्णय गर्नेछ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टरको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षेती भएको छ । उक्त भुकम्पमा परि १५७ जनाले ज्यान गुमाएको छ भने कयौं घाइते भएका छन् ।