काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठनले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा खनालले भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध हुन नसकेको गुनासो आएको भन्दै राहत र पुनस्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले भविष्यमा हुने विपद्बाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्न सरकारले समयमा नै आवश्यक पूर्वतयारी गर्नुपर्ने धारणा राख्ने । त्यस्तै खनालले राजतन्त्रको मुद्धा थोत्रो भइसकेको भन्दै यसको कुनै अर्थ नहुने जिकिर गरे ।
जनताले फ्याँकेका एजेण्डाहरू ताजा बन्न नसक्ने भन्दै उनले तीनै एजेण्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको उनले बताए ।
उनले अहिले देशलाई हाक्नले शक्तिहरूले मुलुकको ज्वलन्त समस्याहरू समाधानका लागि गम्भीर हुनुपर्ने बताए ।