भूकम्प प्रभावितका लागि १० अर्बको राहत कोष स्थापना गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले सांसद विकास कोषको रकम जाजरकोट भूकम्प प्रभावितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्च गर्ने भएको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।


यसअघि सांसद विकास कोषको रकम खर्च नगर्न सर्वोच्चमा मुद्दा परेको थियो । भुकम्प प्रभावितका लागि राहत कोष स्थापना गर्ने मन्त्रिपरिषदको निर्णयसँगै सरकारलाई उक्त कोषको रकम भुकम्प पीडितका लागि खर्च गर्न बाटो खुलेको छ । साथै बैठकले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आह्वान गर्ने निर्णय पनि गरेको छ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको थियो । उक्त भुकम्पमा परि १५७ जनाले ज्यान गुमाएका छन् ।