भूकम्प पिडीतको राहत र उद्धारका लागि गृह मन्त्रालयमा बैठक जारी



काठमाडौं । गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न गृह मन्त्रालयमा सरोकारवालाहरुको बैठक बसिरहेको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायण्काजी श्रेष्ठको अध्यक्षतामा गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुको बैठक सुरु भएको हो ।


बैठकले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्दार एबं उपचारको लागि बैठकले ठोस निर्णयहरु गर्ने मन्त्रालयले जनाएको छ ।

गएराति १ बजेर ४७ मिनेतमा गएको ६ दशमलव ४ रेक्टरको भुकम्ले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षेती भएको छ । भुकम्पमा परि हालसम्म २५४ जनाले ज्यान गुमाइसकेको छ । सयौं घाइते भएका छन् । घाइतेको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उदारका लागी तिनै निकायका सुरक्षकमी र जनप्रतिनिधि खटिएका छन् ।