भुकम्प प्रभावितको उद्धार र राहतमा जुट्न माधव नेपालकाे आग्रह



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख तथा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।


घाइतेको उद्धारका साथै आवश्यक स्वास्थ्य उपचारको व्यवस्थापन गर्न सरकारसँग माग गर्दै विज्ञप्तिमा पीडितलाई पुनःस्थापना गरी आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ ।

उनले भुकम्पबाट प्रभावितको उद्धार र राहतमा जुट्न सबै सुरक्षा निकाय र जनप्रतिनिधिलाई अ ाग्रह समेत गरेका छन् ।