एजेन्सी । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण पर्खाइमा छ ।