भाटभटेनीका संचालक गुरुङद्वारा भूकम्प पीडितलाई एक करोड ११ लाख सहयोग



काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि एक करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन् । गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गुरुङ दम्पतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।