काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ देश नबन्ने बताएका छन् । बुधबार साँझ सामाजिकसञ्जालमार्फत प्रमुख बालेनले देश बनाउन बाँकी नै रहेको बताएका हुन् ।
राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरेका हुन् ।
उनले लेखेका छन्, ‘देश बन्छ , तिमीहरुको ८४ ले बन्दैन , तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’