बन्धक सम्झौता ‘नैतिक कर्तव्य’ : इजरायली राष्ट्रपति



एजेन्सी । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गाजामा बन्धक बनाइएका करिब ५० जना इजरायली महिला तथा बालबालिकाको रिहाइका लागि योजनाबद्ध सम्झौताबारे बुधबार एक वक्तव्य जारी गर्दै यसलाई एउटा ‘नैतिक कर्तव्य’ बताएका छन् ।

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने पनि सम्झौतामा उल्लेख छ ।


राष्ट्रपति हर्जोगले यस सम्झौताका बारेमा इजरायली नागरिकहरूको आपत्तिलाई ‘बुझ्न सकिने, पीडादायी र कठिन’ तर स्वभाविक प्रतिक्रिया भएको बताउ ।

हर्जोगले भने, ‘परिस्थितिलाई ध्यानमा राख्दै बन्धकहरूलाई मुक्त गर्ने सम्झौताको साथ अगाडि बढ्ने प्रधानमन्त्री र सरकारको निर्णयलाई समर्थन गरिएको छ ।’

‘यो एक नैतिक कर्तव्य हो जसले बन्दी बनाइएकाहरूको स्वतन्त्रता सुरक्षित गर्ने यहूदी र इजरायली मूल्यलाई सही रूपमा व्यक्त गर्दछ’, उनले भने, ‘सबै बन्धकहरूलाई घर फर्काउने पहिलो कदम हुन आशाका साथ गरिएको सम्झौता हो ।’