फिफा विश्वकप छनोट : उरुग्वेसँग अर्जेन्टिना स्तब्ध



काठमाडौँ । फिफा विश्वकप फुटबल छनोटमा उरुग्वेसँग अर्जेन्टिना स्तब्ध भएको छ । आज बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनालाई २–० गोलले हराउँदै उरुग्वे विजयी भएको हो ।

उरुग्वेका लागि रोनाल्ड अरौजो र डार्विन नुनेजले एक–एक गोल गरेका थिए । खेलको ४१औँ मिनेटमा अरौजोले गरेको गोलमा ८७औँ मिनेटमा नुनेजले गोल थप्दै उरुग्वेको जितलाई सुनिश्चित बनाए । 


गत वर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो । यस्तै, विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो ।

यो जितसँगै उरुग्वे ५ खेलबाट १० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित भएको अर्जेन्टिना १२ अंकसहित शीर्षस्थानमा यथावत छ ।