फरार अभियुक्त पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली



बाँके । बाँकेमा फरार प्रतिवादीलाई पक्रन प्रहरीले गोली चलाएको छ । जानकी गाउँपालिका वडा नम्बर ४ मा गोली चलाएर प्रहरीले आकाश रानालाई पक्राउ गरेको हो । रानाको तिघ्रामा गोली लागेको छ ।

घाइते भएका उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि लगिएको छ। प्रहरीका अनुसार राना ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी हुन् ।


कात्तिक ३० गते बिहान ३ बजे कोहलपुरमा उनीसहित केही व्यक्तिहरूले मीनबहादुर विकलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका विकको भारतको लखनऊस्थित अस्पतालमा उपचार भइरहेको छ।