प्रधानमन्त्री र सीपीसीका तिब्बत सेक्रेटरीबीच भेटवार्ता



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागीता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  ।


भेटमा दुई देश बीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको छ ।