पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित



समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् । कुल ३५० सिटको संसदमा १७९ जना सांसद्हरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीबार उनी पुनः निर्वाचित भएका हुन् ।

दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजय बनाएको हो । उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए ।