नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री सुरु



काठमाडौं । आजबाट नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री सुरू भएको छ । सर्वोत्तम सिमेन्टले आज (बुधबार)बाट बुक बिल्डिङ विधिबाट सेयर बिक्री सुरु गरेको हो ।

कम्पनीले न्यूनतम ४०१ र अधिकतम ६०१.५० रुपैयाँका दरले सेयर जारी गरेको हो । यसमा संस्थागत लगानीकर्ताले आजदेखि १० गतेसम्म बोकलबोल गर्न पाउनेछन् ।


कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत हुन आउने ६० करोड रुपैयाँको सेयर निष्काशन गर्न लागेको हो ।