नेपालद्वारा हङकङलाई ५७ रनको लक्ष्य



काठमाडौँ । चार देश सम्मिलित  टी-ट्वान्टी सिरिजअन्तर्गत नेपालले हङकङलाई ५७ रनको लक्ष्य दिएको छ । बिहीबार हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५६ रन बनाएको हो । नेपालका लागि रुबिना क्षेत्रीले २५ ओभर बनाइन् भने अरु सबै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो विकेट ४ रनमा गुमाएको नेपालले थप ३ विकेट १ रन बनाउँदा गुमायो । ५ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो । हङकङका लागि इक्रा सहरले ३ विकेट लिइन् । त्यस्तै रुचिथा वेंकटेसले २ विकेट लिँदा बेट्टी चान, मारिको हिल र केरी चेनले १/१ विकेट लिएका थिए ।


नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । हङकङमा जारी सिरिजमा आयोजक हङङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसँग् खेल्ने छ ।