दूतावास बन्द गरेर विदाइ भए उत्तर कोरियाली राजदूत



काठमाडौं । नेपालस्थित उत्तर कोरियाली दूतवास औपचारिक रुपमा बन्द भएको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बन्द हुने जानकारी दिँदै बिदाइ भेट गरेका छन् ।

उत्तर कोरियाली राजदूतावास बन्द भएसँगै अब भारतको राजधानी नयाँदिल्लीमा रहेको दूतावासले नेपालमा हेर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयले दूतावास बन्दको जानकारी केही अगाडि नै पाएको थियो । राजदूत मान तथा काउन्सिलर किमले प्रेस काउन्सिका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ लगायतसँग पनि भेट गरेर बिदाइ भएका छन् ।


उनीहरु आजै बेइजिङ भएर उत्तर कोरिया फर्किएका छन् । पन्चायतकालमा सन् १९७४ मे २५ मा नेपाल र उत्तर कोरियाको औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सोही वर्ष काठमाडौंमा दूतावास स्थापना भएको थियो । नेपालको दूतावास भने उत्तर कोरियामा छैन ।