टिचिङ पुगेर स्वास्थ्यमन्त्रीले लिए भूकम्पका घाइतेको अवस्थाबारे जानकारी



काठमाडौं । जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत जाजरकोट भुकम्पका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतले कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भइ टिचिङ अस्पतालमा उपचाररत घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।


सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको सबै अस्पतालमा उपचार निःशुल्क गर्ने निर्णय गरिसकेकाले सबैको निःशुल्क उपचार भइरहेको मन्त्री बस्नेतले बताए । भूकम्पमा परेर गम्भीर घाइतेहरु मध्ये त्रिवि शिक्षण अस्पतालमा १० जनाको उपचार भइरहेको निर्देशक डा।काफ्लेले जानकारी दिए ।

उपचाररत घाइतेमध्ये एक जनाको शल्यक्रिया भइसकेको, एक जनाको आइसियुमा राखेर उपचार भइरहेको र बाकी ८ जनाको पनि उपचार भइरहेको डा। काफ्लेले बताए । मन्त्री बस्नेतले आइसियुमा उपचाररत घाइते र उनका आफन्तसँग पनि भेटेर उपचार अवस्थाबारे जानकारी लिएका थिए ।