टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार सूचना जारी गरी प्राधिकरणले टिकटक बन्द गर्न आफूले दिएको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणले निर्देशन/आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भएकाले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाही हुने बताएको छ ।