टिकटक बन्दपछि प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- पिलो आयो भने गर्धननै काट्ने ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको बताएका छन् ।

सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत शर्माले सरकारको कदमको बिरोध गरेका हुन् । उनले एक्समा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै सोधेका छन्, ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने कि जोखिम रहित उपचार खोज्ने ?’


टिकटकमार्फत द्वेष फैलाउनेलाई पहिचान गर्न र कानुन बनाएर बन्द गर्न आफूहरुको पनि समर्थन हुने भन्दै उनले एकदुई गलत उदाहरण दिएर समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको बताएका छन् ।

‘द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, नो कमेन्टतिर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ, यो निर्णय अविलम्ब फिर्ता होस्’ शर्माले भनेका छन् ।