जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई १ करोड दिने बुद्ध एयरको घोषणा



काठमाडौँ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले  जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको छ । शनिवार एक सूचना जारी गर्दै बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेको जनाएको छ । 

बुद्ध एयरले जारी सूचनामा भनिएको छ– ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनै पर्छ ।


हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १ करोड सहयोग दिने निर्णय गरेका छौँ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ ।’