जाजरकोट केन्द्रबिन्दु भएर फेरि परकम्प



काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर साँझ ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको परकम्प गएको हो ।

शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा साना ठूला गरी ४६६ भन्दा धेरै परकम्पहरु गइसकेका छन् । शुक्रबारको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको थियो ।