जाजरकोटमा ९ मिनेटमा दुई भूकम्पको धक्का



काठमाडौं । जाजरकोटमा आज ९ मिनेटको अन्तरालमा दुई भूकम्पको परकम्प गएको छ । सोमबार (आज) दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै, त्यसको नौ मिनेटमा अर्को परकम्प गएको छ । मापन केन्द्रअनुसार ४ बजेर ४० मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्पको दोस्रो झड्का गएको छ । मापन केन्द्रकाअनुसार अर्को जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।


गत शुक्रबार राति ६.४ म्याग्नेच्युटको भूकम्प गएपछि जाजरकोटमा लगातार परकम्प गइरहेको छ । शुक्रबारदेखि सोमबार बिहानसम्म एक सयभन्दा बढी परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । उद्दार जारी भइरहेकै बेला गएको पछिल्लो भूकम्पको धक्काले जाजरकोटबासीमा त्रास फैलिएको छ ।