चीनसँग ‘स्वस्थ’ सम्बन्धका लागि काम गरिरहेको अमेरिकी अर्थमन्त्रीको भनाइ



अमेरिकी अर्थमन्त्री जेनेट येलेनले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच तनावपूर्ण सम्बन्धपछि वासिङ्टन र बेइजिङबीच ‘स्वस्थ आर्थिक सम्बन्ध’ पुनःस्थापित हुनुपर्नेमा जोड दिएकी छन् ।

युक्रेनमाथि आक्रमणका लागि रूसलाई रक्षा उपकरण आपूर्ति गर्ने चिनियाँ कम्पनीविरुद्ध एकतर्फी कदम चाल्न अमेरिकापछि नहट्ने उनले बताइन् ।


“हामी हाम्रो अर्थतन्त्रलाई चीनबाट अलग गर्न चाहँदैनौँ”, सान फ्रान्सिस्कोमा चीनका उपप्रधानमन्त्री हे लिफेङसँग दुईदिने बैठकपछि येलेनले भने,  “यसले अमेरिका र चीन दुवैलाई हानि पुर्याउनुका साथै विश्वलाई अस्थिर बनाउनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका प्रधानमन्त्री सी चिनफिङबीच आगामी साता क्यालिफोर्नियामा हुने एपेक (एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन) शिखर सम्मेलनमा भाग लिन जानुअघि यो बैठक भएको हो ।

वासिङ्टन र बेइजिङबीचको सम्बन्ध विशेष गरी पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा बिग्रिएको थियो, जसले चीनलाई घरेलु पारदर्शीताको रूपमा प्रयोग गरे र अमेरिकी उत्पादनलाई बढावा दिने आफ्नो अभियानको एक भागको रूपमा चिनियाँ आयातमा करवृद्धि गरे ।

बाइडेनको शासनकालमा वब्तव्यबाजीमा सुधार आएन र बेइजिङले रूससँगको सहकार्यलाई बढावा दिँदा सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

हालैका महिनामा बाइडन प्रशासनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, येलेन र वाणिज्यमन्त्री जिना राइमोन्डोको चीन भ्रमणसहित केही स–साना कदम चालेको छ ।

येलेनले भनिन्, “विगत दुई दिनमा, चिनियाँ उपप्रधानमन्त्री र मैले यस जगलाई स्पष्ट, प्रत्यक्ष र उत्पादक वार्ताका साथ निर्माण गरेका छौँ ।”
“व्यक्तिगत कूटनीतिको विकल्प छैन”, उनले भनिन्, “थप वार्ताका लागि अर्को वर्ष चीन जाने सहमति भएको छ ।”

यद्यपि येलेनले आफ्ना समकक्षीलाई चेतावनी दिँदै चिनियाँ कम्पनीहरूले रूसद्वारा गरिएको युक्रेन आक्रमणमा सहयोग गरिरहेको कुरा वासिङ्टनलाई थाहा भएको बताएकी थिइन् ।

येलेनले आफूले चिनियाँ सरकारको संलग्नताको आरोप नलगाएको तर केही चिनियाँ निजी कम्पनी साथै केही वित्तीय संस्थाहरू पनि ‘त्यो प्रवाहलाई सहज तुल्याउन’ संलग्न रहेको बताइन् ।

“मैले हाम्रो कुराकानीमा जोड दिएँ । हामी चीनले यस बिषयमा कडा कदम चालेको हेर्न चाहन्छौँ”, उनले भनिन्, “कुनै कदम नचालेमा वासिङ्टन थप प्रतिबन्ध लगाउन सक्छ ।”