चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प



काठमाडौँ । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो । 


यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो धनजनको क्षति भएको थियो ।