काठमाडौं । चितवनमा गैँडा मारेको घटना छानबिन गर्न गठित समितिले आगामी बुधवार प्रतिवेदन बुझाउने तयारी गरिरहेको जनाएको छ। समितिले स्थलगत अध्ययन सकिएको र प्रतिवेदन तयार पारिरहेको जनाएको हो ।
मंसिर ३ गते चितवन पुगेर घटनाबारे छानबिन थालेको राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रिय निकुञ्ज आरक्षण निर्देशनालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको संयुक्त टोलीले छानबिन सकेको हो ।
समितिले स्थलगत अध्ययन सकेसँगै प्रतिवेदन लेख्न थालेको छ । प्रतिवेदन आगामी बुधवार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुझाउने गरी काम भइरहेको छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको चपरचुली सुरक्षा पोष्टको ३ किलोमिटर क्षेत्रभित्रै तस्करले १८ र ६ वर्षका २ गैंडा मारेर खाग र खुर लगेको पाइएपछि छानबिन समिति गठन गरेर अध्ययन अघि बढाइएको थियो ।