गाजा अस्पतालको गेटमा सामूहिक चिहान भेटियो



एजेन्सी । गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाको गेटमा सामूहिक चिहान फेला परेको छ । इजरायलले अस्पतालमा आक्रमण गरेपछि त्यहाँको स्थिति दर्दनाक बनेको हो । सयौं मानिसहरु अस्पतालबाट भागेका छन् ।

अस्पतालका मेडिकल स्टाफहरुलाई शनिबार अस्पताल छोड्न भनिएको थियो । सयौं मानिसहरु ढुंगामाटोले भरिएको सडक हुँदै भागिरहेको दृष्य देखिएको थियो । उनीहरु बन्दुकको फायरिङबाट बच्दै भागिरहेका थिए ।


विश्व स्वास्थ्य संगठनले अगुवाइ गरिरहेको यूएन टिमले अल–शिफा अस्पताललाई डेथ जोन भनेको छ । अस्पतालको गेटमा सामूहिक चिहान फेला परेको पनि उसले बताएको छ । त्यहाँ ८० जनाको शव गाडिएको बताइएको छ ।

यसैबीच गाजाको स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाको जबालियामा दुई विस्फोट भएको र त्यसमा ८० जना मारिएको जानकारी दिएको छ । यूएनको सेल्टर होममा विस्फोट भएको हो वा होइन भन्नेचाहिँ खुलेको छैन ।