काठमाडौं महानगरले माग्यो करारमा ३२ कर्मचारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । फुड टेक्नोलोजिस्ट, मेडिकल अधिकृत लगायत विभिन्न पदमा गरी ३२ जनाका लागि करारमा आवेदन माग गरेको हो ।

योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने महानगरद्धारा जारी सूचनामा उल्लेख छ ।