काठमाडौँ । यसपालिको तिहारमा काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यो वर्ष काठमाडौँ महानगर नगरप्रहरीले राती १ बजेसम्म सुरक्षा ब्यवस्था मिलाएको र सोही समयसम्म देउसी भैलो खेल्न पाइने बताएका हुन् ।
मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौँभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो, यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिन हुन अनुरोध गर्दछौँ।’
उनले सोहीअनुसार नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन्।