काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ८ बजेर ४५ मिनेट जाँदा सिन्धुपाल्चोकको ठुलोपखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।


यो भूकम्प पराकम्प नभएको केन्द्रले जनाएको छ । यसअघि गत ७ गते राति १ बजेर १९ मिनेटमा मकवानपुर केन्द्रबिन्दु भएर ४।५ म्याग्निच्युडको भूकम्प गएको हो ।