ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य



काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया छनोटमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ३२ रन बनाए ।

उनले २६ बलमा एक चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै मुहम्मद नसिमले २५, प्रतिक अथाभालेले २४ र आयान खानले १८ रनको योगदान गरे । शकिल अहम्मद २२ रनमा अविजित रहे । नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दा ४३ रन खर्चेर तीन विकेट लिएका हुन् ।


त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिँदा गुल्शन झा र अभिनाश बोहराले समान एक एक विकेट लिए । ओमान र नेपालले दुई दुई खेल्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।