एक हातले बल समाउने दर्शकलाई २० हजार दिने क्यानको घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबिचको फाइनल खेलमा दर्शकलाई पनि पुरस्कारको घोषणा गरेको छ ।

क्यानले छक्का आएको बल एक हातले क्याच गर्ने दर्शकलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।