एक दिनको फरकमा आमा-छोरा मृत भेटिए



रुपन्देही । प्युठानमा एक दिनको फरकमा आमा छोरा मृत भेटिएका छन् । तिहार सकिएलगत्तै २२ वर्षीय एक महिला र उनका तीनवर्षे छोरा एक दिनको फरकमा मृत फेला परेका हुन् ।

प्यठानको नौबहिनी गाउँपालिका–३ खवांग काइयाकी २२ वर्षीया रिमा बुढामगर शुक्रवार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यसको भोलिपल्ट शनिबार उनका तीन वर्षीय छोरा मुस्कान मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बाहानेका प्रमुख कृष्ण राना मगरले जनाए । आमासँगै छोरा मुस्कान हराइरहेका थिए ।


जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख थापामगर नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।