उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत



काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत भएको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्विकृत गरेको हो । 


सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले व्यक्तिगत कारण देखाएर बुझाएको पाण्डेको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको छ ।