इजरायल र हमासबीच सहमति, पहिलो चरणमा ५० जना बन्दी छाडिने



युद्धरत इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमत भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सहमतिलाई इजरायली सरकारले अनुमोदन गरेको छ । यो अनुमोदनसँगै पहिलो चरणमा महिला तथा बालबालिका मुक्त हुने छन् ।  


दुई पक्षको सहमतिअनुसार हमास समूहले बन्दीहरू छाडेवापत इजरायलले गाजा क्षेत्रमा गरिरहेको आक्रमण स्थगित गर्नेछ ।

गत असोज २० गते हमास समूहले एक्कासि इजरायलमाथि आक्रमण गरेपछि इजरायलले लगातार गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ ।

सो आक्रमणपछि हमास समूहले नेपालीसहित विभिन्न मुलुकका दुईसय भन्दा बढी नागरिकलाई बन्धक बनाएर राखेको छ ।