आगलागीमा जलेका १० जनालाई उपचारका लागि सेनाले काठमाडौँ ल्यायो



काठमाडौँ । नेपाली सेनाले आगोले पोलेका १० जना घाइतेको हवाई उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याएको छ।

यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका ४ जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो ।


उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानमा उपचारका लागि विराटनगरबाट काठमाडौँ ल्याइएको थियो।