काठमाडौँ । दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ ।
जारी आइसीसी क्रिकेट विश्वकपको सेमिफाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा अल आउट हुदै २१२ रन बनाएको हो ।
खराब शुरुवात गरेको दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले १०१ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै हेइनरिच क्लासेनले ४७ रन बनाएका थिए ।
त्यसैगरी अस्ट्रेलियाका बलर मिचेल स्टार्क र पाट कमिन्सले ३-३ विकेट लिए भने जोश हजेलवूड र ट्राभिस हेडले २-२ विकेट लिएका थिए ।