१६ उपसचिव र १२ प्रमुख जिल्ला अधिकारीको सरुवा



काठमाडौं । गृह मन्त्रालयले ४० जना अधिकारीको सरुवा गरेको छ । उपसचिव, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।

गृहमन्त्रालयको अनुसार १६ उपसचिव, १२ प्रमुख जिल्ला अधिकारी र १० सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।


वेदनिधि खनाललाई रसुवा, विश्वमित्र कुईँकेललाई बझाङ, खिमराज भुषाललाई दैलेख, टोपेन्द्रबहादुर केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट र विनोद पोखरेललाई हुम्लाको सिडिओमा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी, मनाङको सिडिओमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई खटाइएको छ ।

सूची