सिलगढीमा एक पुरुष मृत फेला



डोटी । डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। 

जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ टुडिखेलका ५५ वर्षीय शिवराज श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन्।


श्रेष्ठलाई सोही ठाउँका टेकबहादुर केसीको कोही नबस्ने खाली घरमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।