काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।
न्याय परिषद्को मंगलबार बसेको बैठकले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेस शर्मा पौड्याल, टेक प्रसाद ढुङगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको हो ।
सिफारिसमा परेकामध्ये ४ जना उच्च अदालतका न्यायाधीशहरू हुन् भने बालकृष्ण ढकाल र सुनिल पोखरेल कानुन व्यवसायी हुन् । पोखरेल कांग्रेसनिकट र ढकाल एमाले निकट कानुन व्यवसायी हुन् ।
सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद खाली छ । सिफारिस भएक ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ ।